Collage of top 10 best places to visit in Nepal including Pokhara, Kathmandu, Lumbini, and more

Top 10 Best Places to Visit in Nepal – नेपालमा घुम्नैपर्ने उत्कृष्ट स्थानहरू

पोखरा – Pokhara

Phewa lake in pokhara

best places to visit in Nepal:पोखरा, नेपालको एक अत्यन्तै रमणीय सहर हो जहाँ प्रकृति र साहसिक क्रियाकलापको संयोजन पाइन्छ। फेवा तालमा डुङ्गा सयर, शान्ति स्तूपबाट देखिने अन्नपूर्ण हिमश्रृंखला, गुफाहरू, झरनाहरू र प्याराग्लाइडिङको मजा लिन सकिने ठाउँ हो। यो शहर केवल सुन्दरता मात्र होइन, शान्ति र आनन्दको अनुभूति दिनेको लागि पनि प्रसिद्ध छ। यदि तपाईं नेपालमा सबैभन्दा सुन्दर पर्यटक गन्तव्य खोजिरहनु भएको छ भने, पोखरा पक्कै पनि best places to visit in Nepal हो।

काठमाडौं -Kathmandu

Boudhanath Stupa in Kathmandu – best place to visit in Nepal
Boudhanath Stupa

राजधानी काठमाडौं नेपालका ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहरहरूको खानी हो। यहाँ पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ (बुद्ध स्तूप), बौद्धनाथ र तीन वटा दरबार स्क्वायरजस्ता यूनेस्को विश्व सम्पदाहरू छन्। पुराना मठ, काष्ठकला र सम्पदा हेर्नको लागि काठमाडौं एक प्रमुख गन्तव्य हो। संस्कृति र धर्मको संगम चाहिने जोकोहीको लागि काठमाडौं निश्चित रूपमा best places to visit in Nepal मध्ये पर्दछ।

लुम्बिनी – Lumbini

Maya Devi Temple in Lumbini – best place to visit in Nepal

लुम्बिनी भगवान बुद्धको जन्मस्थल हो, जुन धार्मिक मात्र नभई ऐतिहासिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण छ। माया देवी मन्दिर, अशोक स्तम्भ, विभिन्न देशद्वारा बनाइएका स्तूपहरू यहाँको मुख्य आकर्षण हुन्। बुद्ध धर्मका अनुयायीहरू मात्र होइन, शान्ति र अध्यात्मिकता खोज्नेहरूको लागि लुम्बिनी एक प्रेरणादायक स्थान हो। यसको सांस्कृतिक महत्वका कारण, लुम्बिनी निश्चय नै best place to visit in Nepal को सूचीमा पर्दछ।

चितवन – Chitwan

Rhinoceros in Chitwan National Park

चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो र जैविक विविधताको लागि प्रसिद्ध छ। यहाँ एकसिंगे गैँडा, बाघ, मृग, हात्ती, अजिङ्गर, र ५०० भन्दा बढी जातका चराहरू पाइन्छन्। जंगल सफारी, हात्ती सयर, थारू संस्कृतिको झल्को दिने कार्यक्रमहरूले यहाँको यात्रा अझ रोमाञ्चक बनाउँछ। प्राकृतिक र वन्यजीवहरूको अनुभव लिन चाहनुहुन्छ भने, चितवन अवश्य नै best places to visit in Nepal हो।

इलाम – Ilam

Lush tea gardens at Ilam

पूर्वी नेपालको हरियाली इलाम, चियाबारीको लागि प्रसिद्ध छ। यहाँका पहाडहरू, चिया बगान, मङ्गलबार मन्दिर, सन्दकपुर ट्रेक र माईपोखरी प्रमुख आकर्षण हुन्। यहाँको मौसम सदैव चिसो र सुस्त मनलाई ताजगी दिने खालको हुन्छ। यदि तपाईं हरियाली र शान्त वातावरणमा केही दिन बिताउन चाहनुहुन्छ भने इलाम best places to visit in Nepal को उत्कृष्ट उदाहरण हो।

मुक्तिनाथ – Muktinath

Muktinath Temple with Himalayan backdrop

मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मका लागि एक महत्त्वपूर्ण तीर्थस्थल हो। ३,७१० मिटर उचाइमा रहेको यो मन्दिर मुस्ताङ जिल्लामा अवस्थित छ। यहाँ पुग्न झोलुङ्गे पुल, कालीगण्डकी नदी र हिमालका दृश्यहरूले यात्रालाई रोमाञ्चक बनाउँछ। धार्मिक आस्था र प्राकृतिक सौन्दर्य दुवैको संगम खोज्नेहरूका लागि मुक्तिनाथ पक्कै पनि best places to visit in Nepal मानिन्छ।

रारा ताल – Rara lakes

Rara Lake turquoise water in Himalayan surroundings

रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो जुन कर्णाली प्रदेशको मुगु जिल्लामा पर्छ। २,९९० मिटरको उचाइमा रहेको यो ताल हिमालको काखमा अवस्थित छ र यसको गहिरो निलो पानीले तपाईंको मन मोहनी बनाउँछ। यहाँ ट्रेकिङ, बोटिङ, क्याम्पिङ र फोटोग्राफीको राम्रो अवसर हुन्छ। यदि तपाईं प्राकृतिक शान्ति र सुन्दरतालाई महसुस गर्न चाहनुहुन्छ भने रारा पक्कै पनि best places to visit in Nepal हो।

लाङटाङ – Langtang

Trekking in Langtang Valley

लाङटाङ क्षेत्र ट्रेकिङका लागि अत्यन्तै प्रसिद्ध स्थान हो। यहाँको लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड ताल, र हिमाली गाउँहरू अत्यन्तै आकर्षक छन्। यो क्षेत्र काठमाडौंबाट सबभन्दा नजिकको हिमाली ट्रेकिङ मार्ग हो। हिमाल, ताल र सांस्कृतिक सम्पदाको मिश्रण खोज्नेहरूका लागि लाङटाङ निस्सन्देह best places to visit in Nepal हो।

भक्तपुर – Bhaktapur

Bhaktapur’s traditional architecture and temples

भक्तपुर प्राचीन नेवारी कला र संस्कृति समेटिएको शहर हो। यहाँका दरबार स्क्वायर, न्याटपोल मन्दिर, पचपन्न झ्याले दरबार, माटोका भाँडाहरू हेर्न लायक छन्। संस्कृति, वास्तुकला र शान्त वातावरणले भरिएको यो शहर ऐतिहासिक प्रेमीहरूका लागि उत्कृष्ट गन्तव्य हो। परम्परा र संस्कृति खोज्ने यात्रुहरूका लागि भक्तपुर निश्चय नै best places to visit in Nepal हो।

बन्दीपुर – Bandipur

Mountain view from Bandipur hill town

बन्दीपुर, तनहुँ जिल्लाको पहाडी फाँटमा अवस्थित पुरानो बजार हो, जसले परम्परागत वास्तुकला र शान्त वातावरण दिन्छ। यहाँबाट देखिने हिमालको दृश्य, संस्कृतिमा समृद्ध नेवारी बस्ती, र साँघुरो तर सफा गल्लीहरूले यहाँको सुन्दरतामा अझै चार चाँद लगाउँछन्। रमणीय र फोटोजेनिक गन्तव्य चाहनुहुन्छ भने बन्दीपुर पक्कै पनि best places to visit in Nepal को सूचीमा आउँछ।

Best places to visit in Nepal को निष्कर्ष – Conclusion

नेपाल विविधताले भरिएको देश हो – जहाँ हिमाल, ताल, जंगल, संस्कृति, धर्म, शान्ति, र साहसिकताले भरिएको यात्रा अनुभव हुन्छ। माथि उल्लेखित १० ठाउँहरू तपाईंका लागि best place to visit in Nepal बन्न सक्छन्। कुन ठाउँमा तपाईं जान चाहनुहुन्छ? कमेन्टमा लेख्नुहोस्!

थप जानकारीका लागि सन्दर्भ लिंकहरूयदि तपाईं नेपाल घुम्ने योजना बनाउन लाग्दै हुनुहुन्छ भने, तल दिइएका लिंकहरूमा क्लिक गरी थप विस्तृत जानकारी प्राप्त गर्न सक्नुहुन्छ:

नेपाल पर्यटन बोर्ड (Welcome Nepal)

Lonely Planet – Nepal Travel Guide

तपाईंले “Learn To Success” वेबसाइटमा विभिन्न देश–विदेशका जानकारी, स्वास्थ्यसँग सम्बन्धित, र मेरा व्यक्तिगत अनुभवहरू समेत पढ्न सक्नुहुन्छ।तल दिइएका लिंकहरूमा क्लिक गरेर थप उपयोगी सामग्रीहरू हेर्नुहोस्:

यह लेख पढ़कर आपको कैसा लगा?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *