आफ्नै वेबसाइट बनाएको अनुभव लिएर उपस्थित भएको छु । नमस्कार, म श्याम पौडेल – इन्टरनेटका विषयहरूमा गहिरो रुचि राख्ने व्यक्ति हुँ।मैले कहिले Nepali Story को faceless YouTube channel चलाएँ, कहिले TikTok मा जानकारीमूलक भिडियो बनाएँ, कहिले Blogger मा लेख लेखें, त कहिले AI animated video बनाउने प्रयास गरें।तर ती प्रयासहरूमा कहिल्यै स्थिर हुन सकिनँ – या त जानकारीको कमी थियो, या त निरन्तरता थिएन। तर सिक्ने चाहना भने सधैं थियो।मनको कुनामा एक रहर थियो – आखिर वेबसाइट कसरी बनाइन्छ? डिजाइन, पोस्ट लेखाइ, सब कसरी मिल्छ? अरूको वेबसाइट हेर्दा त आकर्षक लाग्थ्यो, तर त्यो बनाउने प्रक्रिया सहज होला त भन्ने जिज्ञासा बढ्दो थियो।यिनै प्रश्नले गर्दा मैले अन्ततः आफ्नै वेबसाइट बनाउने निर्णय गरे ।
सुरुमा त एक प्रकारको डर नै लाग्थ्यो,किनभने Hosting किन्नु भनेको पैसा खर्च गर्नु हो र पैसा खर्च गरेपछि त्यसलाई सदुपयोग गर्न जानिएन भने त्यो पैसा खेर जाने होकी भनेर किनकि मलाई त्यो बेला Hosting के हो, Domain के हो, कसरी किन्नु, WordPress कसरी चलाउने भन्ने कुरा प्रायः केही पनि थाहा थिएन तर पनि website बनाउने रहर भने पक्कै थियो । त्यसैले म निरन्तर YouTube मा video हरु हेर्दै थिएँ, सिक्न खोज्दै थिएँ एक दिन अचानक एउटा Technology Channel group मा राम्रो step-by-step guide गरेको भिडियो देखें जुन BISHWORAJ POUDEL ले बनाउनु भएको रहेछ त्यो video हेरेपछि मभित्र “म पनि गर्न सक्छु!” भन्ने आत्मविश्वास पलायो।त्यही आत्मबलले गर्दा मैले process सुरु गरेँ र अगाडि बढ्न थालेँ।
मैले कसरी डोमेन, होस्टिंग, र WordPress सेटअप गरें?
सबैभन्दा पहिले मैले register.com.np बाट फ्री डोमेनको लागि आवेदन गरें।डोमेन स्वीकृत भएपछि, मैले धेरै research गरेर speed, support र performance राम्रो भएको एक उपयुक्त hosting provider बाट hosting खरीद गरें। Hosting खरीद गरेपछि, hosting provider ले दिएको nameservers details अनुसार मैले register.com.np मा गएर nameservers update गरेँ, जसले गर्दा मेरो डोमेन र होस्टिंग आपसमा जोडिए।त्यसपछि मैले hosting को control panel (cPanel) मा गएर एकै क्लिकमा WordPress install गरें।
WordPress install भए पछि मैले मेरो site open गर्दा मलाई लाग्यो मेरो website तयार भयो भनेर म खुसी हुँदै साथी हरुलाई पनि सुनाए। तर बास्तवमा त्यो वेबसाइट त अझै बनेको थिएन रछ त्यो त WordPress मात्र install भएको रहेछ अब बल्ल website बनाउने काम सुरु गर्नु पर्ने रहेछ। तर जे भएनी त्यो क्षण मेरो लागि विशेष नै थियो – किनकि त्यो नै थियो मेरो website बनाउन सुरु हुने पहिलो खुसीको संकेत।
तर त्यो खुशी धेरै दिन टिकेन।जब म वेबसाइट डिजाइन गर्न थालेँ मेरो लागि धेरै अप्रत्याशित समस्या देखा पर्न थाले। कहिले पूरै बनेको जस्तो देखिन्थ्यो, त कहिले सबै page हराएर जान्थ्यो।कहिलेकाहीं त म आफैंले मेहनत गरेर बनाएको डिजाइन एक्कासि हटेर WordPress वा Theme को default layout फर्किन्थ्यो।कहिले Elementor ले काम गर्दैनथ्यो, त कहिले dashboard नै अजीब देखिन्थ्यो।यी सबै समस्याले मलाई अलमलमा पार्थ्यो र मलाई लाग्थ्यो यो काम म बाट न हुने रहेछ भनेर ।
तर पनि मैले हार मानिन। म लगातार YouTube मा समाधान खोज्दै, ChatGPT सँग सोध्दै, र बारम्बार अभ्यास गर्दै गएँ।जति समस्या आयो, उति सिक्ने मौका पाएँ – अनि बिस्तारै अघि बढ्दै गएँ र अहिलेको दिनमा, मैले पूरै परफेक्ट नबनाए पनि, आफैंले hosting, domain लिने WordPress design, post लेख्ने कला, heading structure, SEO आदि कुरा थोरै–थोरै सिकेर आफ्नो वेबसाइट तयार पारेर केही ब्लगहरु समेत हाल्न सुरु गरेको छु
मलाई थाहा छ – अझै धेरै कुरा सुधार गर्नु बाँकी छ, अझै धेरै कुरा सिक्न बाँकी छ।तर अहिले जे बनाएँ – त्यहीमा म सन्तुष्ट छु, किनकि मैले शुरुवात गरें। सुरु गरेपछि त सिकाइको यात्रा कहिल्यै रोकिँदैन।
तपाईं हरु जसलाई यो सम्बन्धी ज्ञान छ र तपाईं मेरो वेबसाइट हेर्दै हुनुहुन्छ भने, कृपया तपाईंले देख्नुभएको कमजोरी वा सुझावहरू comment मा लेखिदिनुहोस् — जसले मलाई अझ सुधार गर्ने वा सिक्ने मौका मिल्ने छ र यदि तपाईं पनि म जस्तै आफैंले वेबसाइट बनाउने सोचमा हुनुहुन्छ भने — यो अनुभव तपाईंका लागि प्रेरणादायी हुने छ
निष्कर्ष
अन्ततः मैले बुझें कि आफूले कहिल्यै नसोचेको कुरा पनि इच्छाशक्ति, सही स्रोत र निरन्तर प्रयास गरेपछि सम्भव हुँदो रहेछ । मैले आफैंले hosting, WordPress, design, SEO जस्ता कुरा थोरै–थोरै सिक्दै गरेर आफ्नै वेबसाइट तयार गरें।यो सबै मैले कुनै कोडिङ नजानीकन, YouTube र ChatGPT को भरमा सिकेर गरें।
तपाईं पनि सक्नुहुन्छ। अझ रमाइलो त के भने, तपाईं आफ्नै नामको वेबसाइट पनि बनाउन सक्नुहुन्छ।तर यसको लागि तपाईंले सुरुवात आजैबाट गर्नुपर्छ — किनभने हरेक ठूला कामको पहिलो पाइला “सुरु गर्नु” नै हो।
धन्यवाद! 🙏
— श्याम पौडेल
यह लेख पढ़कर आपको कैसा लगा?
Pingback: West Indies vs Australia T20I: Owen and Dwarshuis great performance
Pingback: Passive Income Ideas in Nepal –निष्क्रिय आम्दानीका लागि 10 उपायहरू- Learn To Success