तौल घटाउने उपाय – स्वास्थ्यमा असर नगरी १० असरदार तरिका

आजकल धेरै मानिसहरू तौल बढ्ने समस्याबाट पीडित छन्। जिम जान नसक्ने, डाइटिंग गर्न समय नभएकाहरूका लागि तौल घटाउने उपाय असम्भव जस्तो लाग्न सक्छ। तर वास्तवमा, केही सामान्य र व्यावहारिक उपायहरू अपनाएर पनि तपाईंले स्वस्थ रूपमा तौल घटाउन सक्नुहुन्छ।यहाँ प्रस्तुत छन् दैनिक जीवनशैलीमा लागू गर्न सकिने १० असरदार उपायहरू, जुन तपाईँको वजन घटाउनका लागि प्रभावकारी र सुरक्षित छन्।

१. बिहान खाली पेटमा तातोपानी पिउने बानी बसाल्नुहोस्

बिहान उठ्ने वित्तिकै खाली पेटमा एक गिलास तातोपानी पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ।तातोपानीमा आधा निम्बूको रस र एक चम्चा मह मिलाएर पिउनुभयो भने त्यो शरीरको मेटाबोलिज्म सक्रिय बनाउँछ। यसले शरीरमा जम्मा भएको बोसो बिस्तारै घटाउन सहयोग गर्छ। साथै, यसले पेट सफा गर्छ, पाचन प्रणाली सुधार गर्छ, र दिनभरि शरीरलाई हलुका महसुस गराउँछ।

२. प्रोटिनयुक्त खाना बढी र कार्बोहाइड्रेट युक्त खाना कम

तौल घटाउन चाहनेहरूको लागि प्रोटिनयुक्त खाना अत्यन्तै महत्त्वपूर्ण हुन्छ। प्रोटिनले लामो समयसम्म पेट भरेको महसुस गराउँछ, जसले गर्दा बारम्बार खाने बानी हट्छ।अण्डा, दाल, चना, सोया, टोफु, बदाम आदि प्रोटिनका राम्रा स्रोत हुन्।त्यस्तै चामल, मैदा, चिनी जस्ता कार्बोहाइड्रेटयुक्त खानालाई कम गर्नु आवश्यक छ, किनभने यिनीहरूले रक्तमा चिनीको मात्रा बढाउँछ र बोसोको रूपमा शरीरमा जम्छ।

३. चिनी, मैदा र प्रोसेस्ड फुडबाट टाढा रहनुहोस्

तौल घटाउने उपाय हरुमा मैदा र प्रोसेस्ड फुड (प्याकेटमा आउने रेडीमेड खानेकुरा) यस्ता खाने कुराहरू ले धेरै असर गर्दछन । यस्ता खाने कुरा हरु तौल बढाउने मुख्य कारणमध्ये पर्दछन्। यस्ता खानेकुराले शरीरलाई चाहिने पोषण नदिई केवल खाली क्यालोरी दिन्छन्।बर्गर, चाउमिन, बिस्कुट, केक, चिप्स, कोल्ड ड्रिंक्स आदिलाई बिस्तारै बिदा गर्नुपर्छ।तिनीहरूको सट्टा गहुँको रोटी, फलफूल, र घरमै बनेको खाना रोज्नुहोस्।

४. राति छिटो खाना खाने बानी बसाल्नुहोस्

हामीले सुत्नुभन्दा केही समय अघि खाना खाँदा शरीरमा त्यो खाना ठीकसँग पच्न पाउँदैन।राति ७ बजे भन्दा अगाडि नै खाना खाइसकेर कम्तीमा २ घण्टा हिँडडुल गरेपछि मात्र सुत्नु राम्रो हुन्छ।रातिको समयमा मेटाबोलिज्म सुस्त हुने भएकाले ढिलो गरी खाएको खाना बोसोको रूपमा शरीरमा जम्मा हुन सक्छ।साथै, रातिको खाना हल्का र सुपाच्य हुनुपर्छ – जस्तै: खिचडी, दलिया, वा तरकारी रोटी।

५. दिनमा ३० मिनेट शारीरिक व्यायाम वा हिँडडुल गर्नुहोस्

तौल घटाउने उपायहरूमध्ये नियमित शारीरिक गतिविधि पनि एक प्रभावकारी तरिका हो। जिम जान समय नभए पनि बिहान वा बेलुका आधा घण्टा सक्रिय रहनाले शरीरलाई तन्दुरुस्त राख्न सहयोग पुर्‍याउँछ।यदि तपाईं जिम जान सक्नुहुन्न भने पनि बिहान बेलुका हिँड्न, सानो दौड, घरमै योग वा स्ट्रेचिङ जस्ता सजिला अभ्यास गर्न सकिन्छ।शरीर चलायमान रहँदा बोसो बिस्तारै घट्न थाल्छ र तपाईंले आफूलाई हल्का र तन्दुरुस्त महसुस गर्नुहुनेछ। “

६. जंक फुड र फास्ट फुडबाट टाढा रहनुहोस्

जंक फुडमा प्रशोधन गरिएको तेल, चिल्लो, नुन र चिनीको मात्रा अत्यधिक हुन्छ। यस्ता खाना शरीरको लागि न त पोषणदायक हुन्छन्, न त पच्न सजिलो।बाहिरी खाना खानाले पेट खराब, ग्यास, मोटोपन, र थकान जस्ता समस्या निम्त्याउन सक्छ।यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने जंक फुडलाई “विशेष अवसरमा मात्र” खाने बानी बसाल्नु सबैभन्दा राम्रो उपाय हो।

७. पर्याप्त निद्रा लिने बानी बसाल्नुहोस् (६–८ घण्टा)

नीद्राको कमीले शरीरमा हुने हर्मोन सन्तुलन बिगार्छ, जसले गर्दा भोक बढी लाग्छ र खानाको नियन्त्रण गुम्न सक्छ।एकदिन थकाइ लागेपछि शरिरले “energy” चाहिन्छ भनेर चिल्लो र मीठो खाना माग्न थाल्छ।त्यसैले नियमित रूपमा रातको समयमा ६–८ घण्टा गुणस्तरीय निद्रा लिनु अत्यावश्यक हुन्छ जसले दिनभरिको थकान मेटिन्छ र शरीरले चाहिने जति Energy को लागि मात्र खाना लिने गर्छ ।

८. दिनभरि प्रशस्त पानी पिउनुहोस्

शरीरलाई हाइड्रेट राख्न पानी अत्यावश्यक छ। पानीले शरीर सफा राख्छ, पाचन सुधार गर्छ, र झूटो भोक कम गर्छ।धेरैजसो मानिसहरू डिहाइड्रेट हुँदा भोक लागेको अनुभव गर्छन् तर त्यो भोक होइन, प्यास हो।दिनभरिमा कम्तीमा २.५ देखि ३ लिटर पानी पिउने प्रयास गर्नुहोस्। बिहान उठेपछि, खाना खानु अघि र हिँडडुल पछि पानी पिउने बानी बसाल्नुहोस्।

९. हप्तामा एक दिन “डिटोक्स डे” राख्नुहोस्

हप्तामा एक दिन तपाईंको पाचन प्रणालीलाई विश्राम दिनुहोस्। त्यो दिन केवल फलफूल, ताजा जुस, नरिवल पानी, सलाद, वा सूप जस्ता हल्का खाना खानुहोस्।यसले शरीरमा जम्मा भएका विषाक्त पदार्थ (toxins) हटाउन मद्दत गर्छ।डिटोक्स डे शरीरलाई ताजा बनाउँछ, ग्यास वा पेटको समस्या कम गर्छ, र तौल घटाउने प्रक्रियालाई गति दिन्छ।

१०. मोबाइल हेर्दै वा टिभी हेर्दै खाने बानी हटाउनुहोस्

धेरै मानिसहरू मोबाइल, टिभी वा ल्यापटप हेर्दै खाना खाने बानीमा हुन्छन्। यस्तो अवस्थामा ध्यान खानामा नजाँदा शरीरले ‘पेट भरियो’ भन्ने संकेत नपाउँदा बढी खान सकिन्छ।ध्यान दिएर खाना खाने बानी बसाल्दा तपाईंले आवश्यकताभन्दा बढी खानुहुन्न, र तौल नियन्त्रणमा रहन्छ।Mindful Eating — अर्थात् होशपूर्वक खानु — वजन घटाउने लागि वैज्ञानिक रूपमा प्रमाणित तरिका हो।

निष्कर्ष

तौल घटाउन महँगो योजना वा झण्झटिलो डाइट प्लान आवश्यक पर्दैन। माथिका सामान्य, व्यावहारिक र वैज्ञानिक रूपमा प्रमाणित उपायहरू तपाईंले दैनिक जीवनशैलीमा लागू गर्नुभयो भने स्वास्थ्य बिगार्नु नपरी, सहजै वजन घटाउन सकिन्छ।यात्रा दीर्घकालीन हो – धैर्य र निरन्तरता नै सफलताको मुख्य चाबी हो।

यह लेख पढ़कर आपको कैसा लगा?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *