Affiliate marketing सुरु गर्ने तरिका

घरमै बस्दै लाखौं कमाउने उपाय – Affiliate Marketing सुरु गर्ने तरिका!

Affiliate Marketing के हो? यसलाई कसरी सुरु गर्न सकिन्छ?

Affiliate marketing सुरु गर्ने तरिका खोज्दै हुनुहुन्छ भने, तपाईं एकदम सही ठाउँमा आइपुग्नु भएको छ ।आजको डिजिटल युगमा घरमै बसेर आम्दानी गर्न सकिने थुप्रै तरिकाहरू छन्, तीमध्ये एक प्रभावशाली माध्यम हो – Affiliate Marketing। धेरैले यो शब्द सुनेकै होलान्, तर अझै पनि “Affiliate Marketing के हो?” र “यसलाई कसरी सुरु गर्ने?” भन्ने विषयमा धेरैलाई स्पष्ट जानकारी छैन।

Affiliate marketing सुरु गर्ने तरिका: नेपालमा मात्र होइन, बिदेशमा रहेका नेपालीहरूमाझ पनि यो विधि विस्तारै लोकप्रिय बन्दै गएको छ। सानो लगानी, सही जानकारी र निरन्तर प्रयासका साथ यसबाट राम्रो आम्दानी गर्न सकिन्छ।यदि तपाईं छात्र, गृहिणी, जागिरे वा part-time काम गर्न खोज्दै हुनुहुन्छ भने, Affiliate Marketing तपाईंका लागि सुनौलो अवसर हुन सक्छ।

Affiliate Marketing भनेको के हो?

Affiliate marketing सुरु गर्ने तरिका:Affiliate Marketing भन्नाले, अरूको प्रोडक्ट वा सेवालाई अनलाइनमार्फत ग्राहक हरुलाई सिफारिस गरेर कमिशन कमाउने डिजिटल मार्केटिङ हो।, जहाँ तपाईंले अरूको प्रोडक्ट वा सेवालाई प्रवर्द्धन (प्रमोट) गरेर कमिशन कमाउने अवसर पाउनुहुन्छ। यसमा तपाईं आफैंले कुनै उत्पादन बनाउन पर्दैन, गोदाम/स्टोर चलाउनु पर्दैन, वा ठूलो लगानी गर्नुपर्ने पनि हुँदैन।तपाईंको मुख्य जिम्मेवारी भनेको कुनै कम्पनी वा ब्रान्डको सेवा वा वस्तुलाई सामाजिक सञ्जाल, वेबसाइट, युट्युब वा ब्लगमार्फत प्रवर्द्धन गर्नु हो।

जब तपाईंले शेयर गरेको affiliate लिङ्कमार्फत कोही ग्राहकले सामान किन्छ वा सेवा लिन्छ भने तपाईंले त्यसको बदलामा कमिशन पाउनुहुन्छ।सिधा भाषामा भन्नुपर्दा, तपाईं डिजिटल संसारमा बिचौलिया (middleman) जस्तै भूमिका खेल्नुहुन्छ र यसको लागि तपाईं शारीरिक रूपमा कहिँ जानु पर्दैन, इन्टरनेट र डिजिटल प्लेटफर्महरू प्रयोग गरेर काम गर्न सक्नुहुन्छ।Affiliate marketing आजको युगमा कम जोखिम र उच्च सम्भावनायुक्त आम्दानीको स्रोत बनेको छ, विशेषगरी ती व्यक्तिहरूका लागि जो घरबाटै अनलाइन काम गर्न चाहन्छन्, चाहे उनीहरू विद्यार्थी, गृहिणी, वा विदेशमा रहेका नेपालीहरू किन नहुन्।

Affiliate Marketing किन लोकप्रिय हुँदैछ?

Graph showing the rise of affiliate marketing popularity over time

Affiliate marketing सुरु गर्ने तरिका: Affiliate marketing अहिले विश्वभर लोकप्रिय बन्दै गएको छ, र नेपाली समुदायमा पनि यसको चासो बढ्दै गएको देखिन्छ। यसको मुख्य कारण भनेको—घरमै बसेर गर्न मिल्ने, आफ्नो समय अनुसार गर्न सकिने,सुरुमा खासै लगानी नचाहिने, र केवल ल्यापटप वा स्मार्टफोन बाट पनि सजिलै गर्न सकिने भएकोले पनि affiliate marketing लोकप्रिय बन्दै गएको अनुमान गर्न सकिन्छ । आजकाल इन्टरनेट र डिजिटल सामग्रीहरूप्रति बढ्दो आकर्षणका कारण विद्यार्थी, गृहिणी, विदेशमा काम गरिरहेकाहरू, वा जो सँग थोरै extra समय हुन्छ उनीहरूका लागि पनि यो आफ्नो मेहेनत अनुसार आम्दानीको माध्यम बन्दै गएको छ। त्यसैले यो पोस्ट Affiliate marketing सुरु गर्ने तरिका पढ्नु भयो भने तपाईंले पनि सुरु गर्न सक्नु हुन्छ ।

Affiliate marketing गर्नका लागि के के चाहिन्छ?

Step-by-step process to start affiliate marketing on a digital screen

Affiliate marketing सुरु गर्ने तरिका अपनाउन कुनै विशेष डिग्री वा सर्टिफिकेटको आवश्यकता पर्दैन। तर, सफलताका लागि तपाईंंसँग इन्टरनेट कनेक्शन, स्मार्टफोन वा ल्यापटपजस्ता आधारभूत उपकरणहरू अनिवार्य हुन्छन्। यद्यपि, यिनै कुरा हुनु पर्याप्त छैन — यसलाई सही ढंगले प्रयोग गर्ने सीप र सोचसमेत आवश्यक हुन्छ।यसको साथै, तपाईंलाई कुन प्रकारका प्रोडक्ट वा सेवाको जानकारी छ, र ती प्रोडक्टलाई कसरी प्रभावकारी ढंगले बेच्न सकिन्छ भन्ने ज्ञान पनि हुनुपर्छ। भन्नुको अर्थ तपाईंमा marketing skill हुनैपर्छ – जुन तपाईं अभ्यास, अनुभव र अध्ययनबाट पनि विकास गर्न सक्नुहुन्छ।अब कुरा आउँछ – यी प्रोडक्टहरू कहाँ बेच्ने त?

त्यसका लागि तपाईंले Affiliate marketing सुरु गर्ने तरिका को पोस्ट मा भने जस्तै डिजिटल बजार छनौट गर्नुपर्छ वा आफूले डिजिटल बजार बनाउनु पर्छ। डिजिटल बजार भन्नाले जस्तै: वेबसाइट, यूट्युब च्यानल, फेसबुक पेज, टिकटक, इन्स्टाग्राम, वा ब्लग जस्ता अनलाइन माध्यमहरू हुन् जहाँ तपाईं अफिलिएट लिंकहरू शेयर गर्न सक्नुहुन्छ।तर याद रहोस्, यी सबै कुरामा सफल हुनको लागि धैर्यता, निरन्तर अभ्यास, र सिपको विकास अत्यावश्यक हुन्छ। सुरुमा कम आम्दानी देखिए पनि यदि तपाईं निरन्तर रुपमा सही दिशा र सोचका साथ अघि बढ्नुहुन्छ भने, affiliate marketing बाट राम्रो आम्दानी सम्भव छ।

Affiliate marketing कसरी सुरु गर्ने?

Affiliate marketing सुरु गर्ने तरिका: सबैभन्दा पहिला तपाईंले कुन प्रकारको प्रोडक्ट वा सेवा प्रचार गर्ने हो भन्ने निर्णय गर्नुपर्छ। तपाईंको रुचि अनुसार niche छान्नुहोस् – जस्तै हेल्थ, टेक्नोलोजी, फैशन, शिक्षा आदि। त्यसपछि तपाईंले Affiliate Program चलाउने प्लेटफर्महरूमा साइन अप गर्नुपर्छ – जस्तै Amazon Affiliate, Impact, ShareASale, ClickBank, CJ Affiliate, आदि।

Nepali प्रयोगकर्ताहरूका लागि Daraz Affiliate Program पनि एउटा राम्रो विकल्प हो। त्यस्तै, international audience targeting गर्ने हो भने Amazon, ClickBank, वा Impact जस्ता प्लेटफर्महरू उत्तिकै उपयोगी छन्।साइन अप गरेपछि तपाईंले Affiliate link पाउनुहुन्छ, जसलाई तपाईंले आफ्नो वेबसाइट, यूट्युब च्यानल, वा सामाजिक सञ्जालहरूमा प्रयोग गर्न सक्नुहुन्छ। जब कसैले त्यो लिंकमार्फत प्रोडक्ट किन्छ, तपाईंलाई त्यो सामान बिक्री भए बापत कमीशन मिल्छ।

नेपाल वा विदेशमा बसेका नेपालीले कसरी गर्न सक्छन्?

Affiliate marketing सुरु गर्ने तरिका: नेपालमै बसेर पनि Affiliate Marketing गर्न सकिन्छ, यदि तपाईंले राम्रो audience बनाउनु भएको छ वा बनाउन सक्नुहुन्छ भने। त्यस्तै, विदेशमा रहेका नेपालीहरूले पनि आफ्नो समय र ज्ञानको सदुपयोग गर्दै यो काम सजिलै गर्न सक्छन्।

यदि तपाईं UAE, Qatar, Malaysia, Japan, America, वा युरोपका कुनै देशमा हुनुहुन्छ भने, त्यहाँ उपलब्ध high paying affiliate program हरुमा सहभागी भई content नेपाली वा English मा तयार गरेर diaspora समुदायलाई target गर्न सक्नुहुन्छ।विशेषगरी दुबईमा बस्ने नेपालीहरूले Affiliate Marketing गर्दै कानुनी नियमको पालना गर्नु अत्यन्त आवश्यक छ। किनकि नियम नमान्दा कडा सजाय हुन सक्छ – दुबईमा गर्न नहुने गल्तीहरू यहाँ पढ्नुहोस्।

Affiliate Marketing मा सफलता पाउन के गर्नु पर्छ?

Success tips for affiliate marketers shown with key icons and analytics

Affiliate marketing सुरु गर्ने तरिका: Affiliate Marketing मा सफल हुनका लागि धैर्यता, निरन्तरता, र केही आवश्यक डिजिटल स्किल हुन अनिवार्य हुन्छ। प्रारम्भमा आम्दानी सुरु हुन समय लाग्न सक्छ, र सुरुमा आय न्यून पनि हुन सक्छ। तर यदि तपाईंले निरन्तर प्रयास जारी राख्नुभयो भने, समयसँगै आम्दानी बढ्दै जान्छ।सफलताका लागि सुरूमा तपाईंले आफ्नो रुचिअनुसारको कन्टेन्ट (content) बनाउँदै जानुहोस् — जस्तै युट्युब भिडियो, फेसबुक पोस्ट, ब्लग लेख, वा इन्स्टाग्राम रील्स।

यस्ता सामग्रीहरूबाट audience (दर्शक) निर्माण गर्नुहोस्, जुन तपाईंको प्रमुख सम्पत्ति हुनेछ।जब तपाईंको कन्टेन्टले विश्वास जित्न थाल्छ, तपाईं affiliate programs मा सहभागी भइ, विभिन्न प्रोडक्ट वा सेवाहरूको लिंक शेयर गर्न सक्नुहुन्छ। ती लिंकमार्फत हुने क्लिक वा बिक्रीबाट तपाईंले passive income प्राप्त गर्न सक्नुहुन्छ।

यह लेख पढ़कर आपको कैसा लगा?

Loading spinner

4 thoughts on “घरमै बस्दै लाखौं कमाउने उपाय – Affiliate Marketing सुरु गर्ने तरिका!”

  1. Pingback: नेपालमा रोजगारीको संकट: युवा विदेशिनुको प्रमुख 7 कारणहरू

  2. Pingback: West Indies vs Australia T20I: Owen and Dwarshuis great performance

  3. Pingback: आजै सिक्न सुरु गरौं! Digital skills for 2025 - Learn To Success

  4. Pingback: Small Business Ideas in Nepal – कम लगानीमै गर्न सकिने 10 व्यापारहरू Learn To Success

Leave a Comment

Your email address will not be published. Required fields are marked *