गर्भवती महिलाले अपनाउनु पर्ने सावधानीहरु
गर्भवती महिलाले अपनाउनु पर्ने सावधानीहरु – धुम्रपान, औषधि, तनाव, अनिन्द्रा, खाना, यात्रा, आदि बानीले आमाको स्वास्थ्य र शिशुको विकासमा असर पार्न सक्छ।
गर्भवती हुनु कुनै रोग होइन, तर यो अवस्था एकदमै संवेदनशील हुन्छ, जसमा महिलाको शरीर, मन र जीवनशैलीमा अनेकौं परिवर्तनहरू आइरहेका हुन्छन्। यस्तो बेला स–साना गल्तीले पनि गर्भमा हुर्कँदै गरेको सन्तानको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। दिनचर्या, खानपान, आराम, वा मानसिक अवस्था जस्ता कुराहरूले सिधा प्रभाव पार्न सक्छ, त्यसैले सावधानी अपनाउनु अनिवार्य हुन्छ। धेरै महिलाहरूलाई गर्भवती हुँदा के गर्नु हुँदैन भन्ने कुरा प्रस्ट नहुने हुँदा अनावश्यक समस्या आउन सक्छ। त्यसैले आज हामी यो लेखमा चर्चा गर्दैछौं त्यस्ता कामहरू जुन गर्भवती महिलाले गर्नु हुँदैन, जसले आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षित राख्न सहयोग पुर्याउँछ।
धुम्रपान र मदिरा सेवन नगर्नुहोस्
गर्भवती महिलाले अपनाउनु पर्ने सावधानीहरु भन्नाले गर्भवती महिलाले सबैभन्दा पहिले त्यस्ता बानीबाट टाढा रहनुपर्छ जसले सिधा रुपमा पेटमा हुर्कँदै गरेको शिशुको स्वास्थ्यमा असर पार्छ। त्यसमा सबैभन्दा खतरनाक हुन् धुम्रपान र मदिरा सेवन। सिगरेटको धुवाँमा रहेका रसायनहरूले आमाको शरीरबाट भ्रूणमा पुगेर उसको मस्तिष्क र अंगहरूको विकासमा अवरोध ल्याउँछ। यस्तै मदिरा सेवनले पनि बच्चाको शारीरिक अंगमा विकृति, मानसिक कमजोरी, वा ध्यान केन्द्रित गर्न नसक्ने समस्या निम्त्याउन सक्छ। कतिपय अवस्थामा त गर्भपतनसम्म हुन सक्ने खतरा रहन्छ। त्यसैले यो अवस्थामा धुम्रपान वा रक्सी पिउनु मात्र होइन, यस्ता वातावरणमै नजानु उत्तम हुन्छ। आमा स्वस्थ रहनु भनेको शिशु सुरक्षित हुनु हो।
जथाभावी औषधि सेवन नगर्नुहोस्
गर्भवती हुँदा शरीरमा थकान, टाउको दुख्ने, वा स-साना समस्या देखिनु सामान्य हो। तर यस्तो अवस्थामा आफूखुसी औषधि खाँदा शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। धेरैजसो महिलाले डाक्टरको सल्लाह बिना नैं पेनकिलर, एण्टीबायोटिक वा ज्वरो घटाउने औषधिहरू सेवन गर्ने गर्दछन्, जुन भ्रूणको मस्तिष्क विकासमा नकारात्मक प्रभाव पार्न सक्छ। केही औषधिहरूले त गर्भपतन वा जन्मजात विकृति ल्याउने खतरा समेत बढाउँछ। त्यसैले स-साना स्वास्थ्य समस्या भए पनि चिकित्सकसँग परामर्श लिएर मात्र औषधि सेवन गर्नु बुद्धिमानी हुन्छ।
भारी सामान नाउठाउनू होस्
गर्भवती महिलाले अपनाउनु पर्ने सावधानीहरु मा यो पनि पर्छ कि भारी सामान उठाउनु हुँदैन किनकि गर्भवती अवस्थामा शरीरको सन्तुलन परिवर्तन हुने र पेटमा हुर्किरहेको शिशुले आमाको मेरुदण्ड, पेटको मांशपेशी र हड्डीहरूमा थप दबाब सिर्जना गरिरहेको हुन्छ। यस्तो बेलामा भारी झोला, ग्यास सिलिन्डर, वा बच्चा बोक्नु जस्ता काम गर्दा गर्भमा चोट लाग्न सक्छ, जसले गर्भपतन वा समयअघि शिशुको जन्म हुने सम्भावना बढाउँछ। विशेषगरी पहिलो तीन महिनामा यस्तो काम गर्नु अत्यन्तै जोखिमपूर्ण हुन्छ। त्यसैले यस्तो समयमा घरपरिवारले सघाउनु जरुरी हुन्छ।
तनाव रहित हुनुहोस् वा तनाव नलिनुहोस्
गर्भवती महिलाको मानसिक स्वास्थ्य पनि शारीरिक जत्तिकै महत्त्वपूर्ण हुन्छ। निरन्तर तनाव, डर, चिन्ता वा मनमा नकारात्मक भावना राख्नाले शरीरमा हॉर्मोनहरूको सन्तुलन विग्रन सक्छ, जसले शिशुको मस्तिष्क र तौल विकासमा असर पार्न सक्छ। तनावको कारण सुत्न गाह्रो हुनु, भोक कम हुनु वा थकान महसुस हुनु स्वाभाविक हुन्छ। यस्ता समस्याबाट बच्नका लागि ध्यान गर्ने, संगीत सुन्ने, आफ्ना कुराहरू परिवारसँग बाँड्ने वा आवश्यक परेमा मानसिक परामर्श लिनुपर्छ।
अनियमित र असन्तुलित खाना नखानुहोस्
गर्भवती अवस्थामा आमा र शिशु दुबैलाई राम्रो पोषणको आवश्यकता हुन्छ। तर कतिपय महिलाले भोक नलाग्ने, वाकवाकी लाग्ने वा अल्छी लाग्ने कारणले खाना छाड्ने वा फास्ट फुडमै भर पर्ने गर्छन्। यस्तो बानीले शिशुलाई आवश्यक पर्ने प्रोटिन, आइरन, क्याल्सियम र भिटामिन पुग्दैन, जसले उसको शारीरिक र मानसिक विकासमा असर पार्छ। सन्तुलित आहारमा फलफूल, हरियो सागपात, गेडागुडी, दुध र प्रशस्त पानीको सेवन अनिवार्य हुन्छ।
अत्यधिक कफी वा क्याफिनयुक्त पदार्थ सेवन नगर्नुहोस्
धेरैजसो महिलाहरू बिहान चिया वा कफी पिएर दिनको सुरुवात गर्छन्, तर गर्भवती अवस्थामा क्याफिनको मात्रा धेरै भएपछि हृदयगति बढ्ने, अनिन्द्राको समस्या हुने र भ्रूणमा पनि असर पुग्ने खतरा हुन्छ। रिसर्चहरू अनुसार क्याफिनले शिशुको तौल कम हुन सक्ने सम्भावना हुन्छ। दिनमा एक–दुई कप कफी/चिया सीमित मात्रामा ठीक होला, तर त्यसभन्दा बढी सेवन गर्नु भने हानिकारक हुन सक्छ।
अबेर सुत्ने वा निद्रा नलिने बानी नगर्नुहोस्
गर्भावस्थामा शरीरलाई विश्राम अत्यावश्यक हुन्छ। दिनभर थकाउने काम गरेपछि राम्रो निद्रा नपाउँदा शरीर कमजोर हुन्छ र शिशुको विकासमा बाधा पुग्छ। अबेर सुत्ने, रातभर फोन हेर्ने वा काममा व्यस्त रहने बानीले निद्राको चक्र बिगार्छ। त्यसैले हरेक रात कम्तीमा ७–८ घण्टा राम्रो निद्रा लिनु अनिवार्य हुन्छ। निद्राका लागि सुत्ने कोठा शान्त, अँध्यारो र सफा राख्नुपर्छ।
धेरै गर्मी हुने ठाउँ वा साउना नगर्नुहोस्
गर्भवती महिलाको शरीर पहिलेभन्दा बढी संवेदनशील हुने भएकाले अधिक गर्मीमा रहँदा टाउको दुख्ने, रक्तचाप बढ्ने वा बेहोस हुने सम्भावना हुन्छ। अझ विशेषगरी साउना (steam bath) वा तातो पानीको बाथ टबमा लामो समय बस्नु भ्रूणको अंग विकासमा असर पार्न सक्छ। यस्तो तातो स्थानमा हुँदा शरीरको तापक्रम अस्वाभाविक रुपमा बढ्छ, जुन शिशुको लागि हानिकारक हुन्छ।
धेरै यात्रा वा झट्का दिने सवारी नचढ्नुहोस्
गर्भकालको विशेषगरी पहिलो trimester मा सवारी गर्दा धेरै झट्का आउने यात्राले गर्भमा चोट लाग्न सक्छ। बस, बाइक, वा गडबड सडक भएका ठाउँमा गाडी चढ्दा गर्भाशयमा तनाव आउन सक्छ। लामो दुरीको यात्राले पनि थकान, सुन्निने, वा रक्तसञ्चारको समस्या ल्याउन सक्छ। यसैले, अत्यावश्यक भए मात्र आरामदायी र सुरक्षित सवारी साधन प्रयोग गर्नु उपयुक्त हुन्छ।
केमिकलयुक्त सौन्दर्य वा सफाइ सामग्री प्रयोग नगर्नुहोस्
गर्भवती अवस्थामा छालाले रसायन बढी अवशोषण गर्न सक्छ। हेयर डाइ, ब्लीच, कडा perfume वा घर सफा गर्ने केमिकलहरू सास फेर्ने माध्यमबाट शरीरमा पुग्न सक्छन्, जसले शिशुको अंग विकासमा असर पार्छ। यस्ता सामाग्रीहरूको गन्ध वा सम्पर्कले एलर्जी, चक्कर, वा छालाको समस्या ल्याउन सक्छ। यसको सट्टा प्राकृतिक वा हल्का उत्पादहरू प्रयोग गर्नु बुद्धिमानी हुन्छ।
धन्यवाद
…..श्याम
यह लेख पढ़कर आपको कैसा लगा?


