राति सुत्नुअघि खाएका खानाले पेट दुखाइ र निद्रामा समस्या

सुत्नुअघि खान नहुने खाना – पाचनका लागि हानिकारक

सुत्नुअघि खान नहुने खाना भन्नाले पक्कै पनि राती को खाना भन्ने बुझिन्छ । दिनभरको थकानपछि रातको खाना महत्वपूर्ण हुन्छ, तर के तपाईंलाई थाहा छ – केही खानेकुरा यस्तो पनि छन् जुन राति खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ?खासगरी सुत्नुअघि खाइने गलत खानेकुराले पाचन प्रणालीमा गडबडी, अनावश्यक बोसो जम्ने समस्या, अनि निद्रामा असर गर्न सक्छ।यदि तपाईं राम्रो निद्रा, हल्का पेट, र स्वस्थ शरीर चाहनुहुन्छ भने यी खाना सुत्नुभन्दा अगाडि सेवन नगर्नु नै राम्रो हुन्छ।

आजको ब्लगमा, हामी तपाईलाई राति सुत्नुअघि खान नहुने खाना र तिनीहरू स्वास्थ्यका लागि किन हानिकारक छन् भन्नेबारे स्पष्ट जानकारी दिनेछौं।

मसालेदार खाना (Spicy Food)

सुत्नुअघि खान नहुने खाना को पहिलो नम्बरमा हामीले लिएका छौं मसालेदार खाना । खान स्वादिलो त पक्कै हुन्छ तर मसालेदार खानाले शरीरमा एसिड रिफ्लक्स (acid reflux) उत्पन्न गर्छ, जसले गर्दा राति जलन, ग्यास, पेट दुख्ने, र सुत्न गाह्रो हुने समस्या आउन सक्छ। यसले पाचन क्रियामा अवरोध पुर्याएर पेटलाई भारी बनाउँछ र पेटको एसिड घाँटीसम्म आउने सम्भावना बढाउँछ त्यसैले यदि मसालेदार खाना नै खानु छ भने राति भन्दा दिउँसो खानु उपयुक्त हुन्छ।

चिल्लो र फ्राइड खाना (Fried & Fatty Foods)

सुत्नुअघि खान नहुने खाना को दोस्रो नम्बरमा हामीले लिएका छौं चिल्लो र फ्राइड खाना । चिल्लो खाना पचाउन धेरै समय लाग्छ। यसले पेटमा gastritis, बदहजमी, र तौल बढ्ने समस्या निम्त्याउँछ।भारी खाना पचाउन गाह्रो हुँदा सुत्न गाह्रो हुन्छ र निद्रा राम्रो हुँदैन त्यसैले राति हलुका र कम चिल्लो भएको खाना (जस्तै उबालेको तरकारी) रोज्नुहोस् यसले निन्द्रा पनि राम्रो आउँछ र स्वास्थ्य लाई पनि फाइदा गर्दछ।

क्याफिनयुक्त पेय (Coffee, Energy Drinks)

त्यस्तै गरेर सुत्नुअघि खान नहुने खाना वा पेय को तेस्रो नम्बरमा हामीले लिएका छौं क्याफिनयुक्त पेय । यसले तपाईंको मस्तिष्कलाई alert राख्छ र निद्रा लाग्न रोक्दिन्छ। रातिको समयमा लिएको क्याफिन ६–८ घण्टा शरीरमा active रहन्छ, जसले deep sleep लाई बिगार्छ। राति क्याफिनको सट्टा न्यानो दूध वा गर्म पानी पिउन सकिन्छ।

चकलेट (Especially Dark Chocolate)

त्यस्तै चौथो नम्बरमा रहेको छ चकलेट । चकलेटमा क्याफिन र सुगर दुवै हुन्छन्, जसले शरीरलाई stimulat गर्छ त्यसैले सुत्नु अघि यस्तो खाने कुराले निद्रा कमजोर बनाउँछ र घण्टौं सम्म सुत्न सकिंदैन।मिठो खान मन लागेमा सुत्नुभन्दा २/ ३ घण्टा अगाडि नै थोरै मात्रामा फलफूल खाने गर्नु भयो भने स्वास्थ्य लाई फाइदा पुर्याउँछ ।

सेतो रोटी/पास्ता (Refined Carbs)

सुत्नुअघि खान नहुने खाना मधे पाँचौं नम्बरमा रहेको छ सेतो रोटी /पास्ता । White bread, pasta जस्ता refined carbs पनि एक हो यसले रक्तमा चिनीको मात्रा एक्कासि बढाउँछ, जसले इन्सुलिनको गडबडी, फ्याट जम्ने, र निद्रा बिग्राउने असर गर्छ। Energy को एक्कासि rise र drop हुँदा शरीर असहज महसुस गर्छ र मस्तिष्क active रहन्छ।Whole grain वा multigrain उत्पादनहरू प्रयोग गर्नुहोस् – त्यो पनि दिउँसोतिर खानु उपयुक्त मानिन्छ।

Ice Cream वा धेरै चिनी भएको Dessert

त्यस्तै गरेर छैठौं नम्बरमा रहेको छ आइस किरीम । राति चिनी बढी भएको खानेकुराले शरीरको metabolism disturb गर्छ, र रक्तचापको उतारचढाव ल्याउँछ। Sugar को spike ले मानसिक अशान्तता ल्याउँछ र गहिरो निद्रा नलाग्ने सम्भावना बढाउँछ त्यसैले यसलाई सुत्नुअघि खान नहुने खाना भन्न सकिन्छ। यदि सुत्नुअघि केही खाने बानी छ भने Natural मीठाई जस्तै: मुनक्का, खजुर वा फलफूलहरु प्रयोग गर्न सकिन्छ र उत्तम पनि हुन्छ।

अल्कोहल (Alcohol)

सुत्नुअघि खान नहुने कुरा को सातौं र निकै महत्वपूर्ण पदार्थ मा पर्दछ अल्कोहल । हो धेरैलाई लाग्छ कि अल्कोहलले राम्रो निन्द्रा आउँछ, सुत्न सजिलो बनाउँछ भनेर तर वास्तवमा अल्कोहल sleep cycle नै बिगार्ने प्रमुख कारण हो। अल्कोहलले deep sleep कम गर्छ र बारम्बार ब्यूँझिने सम्भावना बढाउँछ। साथै शरीरलाई dehydrated बनाउँछ। सकेसम्म अल्कोहल नखानु नै स्वास्थ्य का लागि बेस मानिन्छ । यदि खानु नै परे कहिलेकाहीँ, त्यो पनि सिमित मात्रामा सेवन गर्नु नै उत्तम हुनेछ ।

निष्कर्ष (Conclusion)

राति सुत्नुअघि कुन खाना खाने र नखाने भन्ने निर्णयले तपाईंको पाचन, तौल नियन्त्रण, र निद्रा गुणस्तर मा सिधा असर पार्छ।यदि तपाईं स्वस्थ रहन चाहनुहुन्छ भने, दिनभर जति स्वादिलो खाना खाए पनि सुत्नुभन्दा अगाडि चाहिँ सजग र सन्तुलित खाना चयन गर्नु होला।

सस्तोमा, सजिलै सुधार ल्याउन सकिने उपाय भनेकै सही समय र सही खाना हो।

यो पनि हेर्नुहोस त 👇👇

अहिले।सम्म तपाईं कुन गल्ती बारम्बार गरी रहनु भएको रहेछ ? Comment मा लेख्न नबिर्सनुहोला !र यदि तपाई हरुलाई यो जानकारी उपयोगी लाग्यो र यो जानकारीमूलक ब्लग ले कसैको स्वास्थ्य मा सुधार ल्याउन मद्दत गर्छ जस्तो लाग्यो भने कृपया Share गर्न नभुल्नु होला

धन्यवाद

……श्याम

यह लेख पढ़कर आपको कैसा लगा?

Loading spinner

1 thought on “सुत्नुअघि खान नहुने खाना – पाचनका लागि हानिकारक”

Leave a Comment

Your email address will not be published. Required fields are marked *